जिज्ञासा र जवाफ :

के इन्हेलर एक पटक प्रयोग गर्न थालेपछि जीवनभर प्रयोग गर्नु पर्छ ?

 

– डा. निरज बम (बरिष्ठ छातीरोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल)

स्वासप्रश्वास सम्वन्धी विभिन्न रोग (दम, ब्रोन्काइटिस लगायत)का बिरामीले तानेर लिने एक खालको औषधि हो इन्हेलर । यसलाई इन्हेलर थेरापी पनि भन्दछौँ । इन्हेलरको बारेमा विभिन्न किसिमको भ्रमहरु छन् ।

खासमा स्वासप्रश्सास सम्वन्धी विभिन्न रोगमा खाने औषधिहरु भन्दा छिटो प्रभाव इन्हेलरको प्रयोगले देखिन थालेपछि यसको प्रयोग भएको हो । इन्हेलरको बारेमा ‘गोल्ड गाइडलाइन’ भन्छौँ ‘ग्लोलब एनसीडी फर लङ डिजिज’ ले संसारमा जनचेतना फैलाउने र स्वासप्रस्वास सम्वन्धी रोगको उपचार विधि (ट्रिटमेन्ट गाइडलाइन) बनाउने काम गर्दछ । त्यसले संसारको विभिन्न उत्कृष्ठ अनुसन्धानहरुलाई एक ठाँउमा राखेर गाइडलाइन तय गर्दछ । सोही गाईडलाइन अनुसार संसारभरका स्वासप्रश्वास सम्वन्धी रोगको उपचारमा सम्लग्न चिकित्सकले बिरामीको उपचार गर्ने हुन् । यो उपचार विधि स्वास्थ्य अनुसन्धान र विकासका आधारमा परिवर्तन पनि हुँदे जान्छ ।

यसमा के छ भने पहिले पहिले खाने ट्यावलेटहरु पनि थिए ‘ब्रोन्कोडाइलाटर’  तर तिनीहरु के भयो भने पेटमा जाने, रगतमा जाने र फोक्सोमा भएको, स्वास नलिमा भएको रिसेप्टरहरुमा काम गर्ने, भनेपछि लामो प्रक्रिया हुने भयो । धेरै ढिलो हुने भयो । त्यसैले इन्हेलर थेरापी विकल्पको रुपमा आएको हो ।

जसरी नसाबाट दिईने सुईले छिटो काम गर्दछ त्यस्तै इन्हेलर थेरापीले पनि फोक्सोमा जाने स्वास नलिमा छिटो काम गर्न थाल्यो । यसले सिधै फोक्सो स्वास नलिमा भएको रिसेप्टरमा काम गरेर छिटो सुधार ल्याउने काम गर्‍यो । रिलिफ गर्ने, लक्षणमा सुधार ल्याउने काम गर्‍यो । जस्तो साँघुरिएको स्वास नलिलाई छिटो फुकाईदिने र सजिलो बनाईदिने काम गर्न थाल्यो ।

इन्हेलर थेरापी बेस्ट र सुपेरियर भन्ने गाइडलाइनले भनेको छ र अनुसन्धानले पनि त्यहि देखाएको छ । स्वास प्रश्सासको समस्या भएको बिरामीलाई छिटो रिलिफ गर्ने केही मिनेटमै ।

इन्हेलर प्रयोग गर्न सुरु गरेपछि जीवनभर प्रयोग गर्नुपर्छ ?

सबैभन्दा पहिले तपाईँलाई के कारणले स्वासप्रश्वासमा समस्या भएको हो, त्यो थाहा पाउनु जरुरी हुन्छ । यदि तपाईँलाई  ब्रोन्केल्आज्माले समस्या भएको हो भने सधै प्रयोग गर्नु पर्दैन । किनभने ब्रोन्केल्आज्मा केही समय रहन्छ र रिभर्सिभल छ । उपचार पछि साघुरिएको स्वास नलि पुरानै अवस्थामा फर्किन्छन् अर्थात नर्मल हुन्छ र सास फेर्न सजिलो बनाउँछ ।

यसैले ब्रोन्केल्आज्मा, एलर्जी, रुघा खोकी र घ्यार घ्यारबाट भएको समस्यामा पुरानै अवस्थामा फर्किन सक्छ । त्यसैले जवसम्म सास फेर्न अफ्टेरो हुन्छ इन्हेलर थेरापीको प्रयोग गर्ने र सजिलो हुन थालेपछि छाडन सकिन्छ ।

तर, दम भनेको इरिर्भसिभल अर्थात स्थायी रुपमा नलि साघुरिएको अवस्था हो । सधै गाह्रो भईराख्ने भयो । यसमा इन्हेलर प्रयोग गर्दा साँघुरिएका स्वास नलिहरुलाई अस्थायी रुपमा फुकाईदिने भयो । इन्हेलर जवसम्म प्रयोग गर्छौ तव सम्म सजिलो भयो । तर जब छोडछौँ त्यसपछि पुन गाह्रो हुन थाल्दछ । त्यसैले यो नियमित प्रयोग गर्नुपर्दछ । त्यसैले दमको समस्या भएको व्यक्तिले सधै तानि राख्नुपर्ने बाध्यता हुन्छ ।

जहाँ स्वास नलि साघुरिएका हुन्छन् त्यहाँ विटाटू रिसेप्टर हुन्छन् । विटा टू रिसेप्टरले गर्दा स्वास नलि साँघुरिने हो । बिटा टू रिसेप्टरलाई एगुनिस्टको रुपमा औषधि दियो भने त्यो फुकाउन सघाउँछ । इन्हेलनको प्रयोगलाई यसैगरी बुझ्न परयो ।

यसको खासै साईडइफेक्ट हुँदैन । मुटुका बिरामी कसै कसैलाई हात काम्ने, मुटु ढुकढुक हुने जस्ता लक्षण देखिन सक्छन् । त्यस्तो भएकालाई चिकित्सकले विकल्पको रुपमा अन्य औषधिहरु दिन्छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *