नर्सिङ लाइसेन्स परीक्षा आगामी २४ मंसिरमा, फारम खुल्यो
काठमाडौं, १८ कात्तिक । नेपाल ननर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी २४ मंसिरमा हुने भएको छ ।
परिषद्ले आज एक सूचना प्रकाशित गर्दै पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ तथा व्याचलर इन मिडवाइफफ्री साइन्स (बीएमएस) उत्तीर्ण गरेकाहरुले यो परीक्षामा सहभागी हुन पाउने जनाएको छ ।
परिषद्का अनुसार परीक्षाका लागि अनलाइन फारम भर्नु पर्ने छ । फारम भर्ना आजै खुलेको छ । आगामी १२ मंसिरसम्म बुझाउन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने १३ मंसिर देखि १६ मंसिरसम्म बुझाउन सकिने बताइएको छ ।
थप जानकारीका लागि हेर्नुहोस सूचना
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]