नर्सिङ लाइसेन्स परीक्षा आगामी २४ मंसिरमा, फारम खुल्यो

212
Shares

काठमाडौं, १८ कात्तिक । नेपाल ननर्सिङ परिषद्को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा आगामी २४ मंसिरमा हुने भएको छ ।

परिषद्ले आज एक सूचना प्रकाशित गर्दै पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ तथा व्याचलर इन मिडवाइफफ्री साइन्स (बीएमएस) उत्तीर्ण गरेकाहरुले यो परीक्षामा सहभागी हुन पाउने जनाएको छ ।

परिषद्का अनुसार परीक्षाका लागि अनलाइन फारम भर्नु पर्ने छ । फारम भर्ना आजै खुलेको छ । आगामी १२ मंसिरसम्म बुझाउन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने १३ मंसिर देखि १६ मंसिरसम्म बुझाउन सकिने बताइएको छ ।

थप जानकारीका लागि हेर्नुहोस सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *