राप्रपाको घोषणा पत्रमा पर्‍यो स्वास्थ्यका आठ बुँदा

काठमाडौँ, १४ कात्तिक ।  आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि घोषणा पत्र सार्वजनिक गरेको छ । नयाँ बानेश्वरस्थित बानेश्वर व्याङक्वेटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिंङ्देनले घोषणा पत्र सार्वजनिक गरे ।

राप्रपाको घोषणा पत्रमा स्वास्थ्यका ८ बुँदा समावेश छन् ।

ती बुँदाहरुमा काठमाडौंको वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गर्ने । आधारभूत स्वास्थ्य सेवा सबै नागरिकर्लाइ निशुल्क तथा अनिवार्य गरिने ।
सबै नागरिकलाई स्वास्थ्य बीमाको पहूँच बृद्धि गरी वीमाको दायरामा ल्याईने र सबै बिमितले आफूले चाहेको अस्पतालमा उपचार गर्न पाउने व्यवस्था मिलाउने रहेको छ ।

वडा स्वास्थ्य केन्द्र मार्फत प्रत्येक नागरिकको स्वास्थ्य प्रोफाइल तयार गर्ने, जेष्ठ नागरिक तथा अशक्तहरुको घर दैलोमा स्वास्थ्य सेवा पुरयाउने । प्रत्येक वडामा सुरक्षित प्रसूति सेवा सहित न्युन आय भएका परिवारका सुत्केरीलाई तीन महिनासम्म रु ३००० मासिक भत्ता उपलव्ध गराउने समेत उल्लेख छ ।

यस्तै प्रत्येक किशोरीलाई पाठेघरको क्यान्सर विरुद्धको खोप, आयुर्वेद, प्राकृतिक योग तथा अन्य चिकित्सा पद्धतीको विकास र विस्तार गर्ने प्रतिवद्धता समेत राप्रपाले आफ्नो घोषणा पत्रमा उल्लेख गरेको छ ।

यस्तो छ राप्रपाको घोषणा पत्रमा अटाएको स्वास्थ्य :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *