तिहार विशेष :

भन भन साथी हो……देउसी रे !

बर्षैमा दिनको देउसी रे !
तिहारै आयो देउसी रे !!
खेलौ न साथी हो देउसी रे !
रमाईलो गरौँ देउसी रे !!

सबैले सुनौ देउसी रे !
सबैले बुझौँ देउसी रे !!
स्वास्थ्य हो हाम्रो देउसी रे !
सब भन्दा ठूलो धन देउसी रे !!

बेलैमा सुतौँ देउसी रे !
बेलैमा उठौँ देउसी रे !!

योग र ध्यान देउसी रे !
शारीरिक व्यायम देउसी रे !!
चाड पर्व बेला देउसी रे !
झन बढी गरौँ देउसी रे !!

खानपानमा ध्यान देउसी रे !
दिएर खान देउसी रे !!
भन्दछौँ हामी देउसी रे !
सुनिदिनु होला देउसी रे !!
मानिदिनु होला देउसी रे  !

धेरै चिल्लो पिरो देउसी रे !
गुलियोलाई मिठो देउसी रे !!
मानेर खाँदा देउसी रे !
बिग्रेला स्वास्थ्य देउसी रे !!
ख्याल गरौँ आफै देउसी रे !

भनभन साथी हो देउसी रे !!

कसैको बानी देउसी रे !
पर्व हो ठानी देउसी रे !!
चुरोट र सुर्ती देउसी रे !
त्यसमाथि रक्सी देउसी रे !!
बसेर खालमा देउसी रे !
जुवाको तालमा देउसी रे !!
छ भने बानी देउसी रे !
नगर्नु त्यस्तो देउसी रे !!
होला उठीबास देउसी रे !

भनभन साथी हो देउसी रे !!

घरमा को छन् देउसी रे !
स – साना नानी देउसी रे !!
बृद्ध र रोगी देउसी रे !
रुघा र खोकी देउसी रे !!
होला है फेरी देउसी रे !
कोभिड नयाँ भेरियन्ट देउसी रे !!
भित्रियो फेरी देउसी रे !
त्यसमाथि चिसो देउसी रे !!
थपिदै फेरी देउसी रे !
त्यसैले हामी देउसी रे !!
भन्दछौँ फेरी देउसी रे !
ख्याल गरे राम्रो देउसी रे !!
स्वास्थ हो हाम्रो देउसी रे !

भनभन साथी हो देउसी रे !!

ज्यान स्वस्थ रहे देउसी रे !
फर्किन्छ पर्व देउसी रे !!
बर्षका बर्ष देउसी रे !

भनभन साथी हो देउसी रे !!

नियमित खाने देउसी रे !
औषधि छुट्ला देउसी रे !!

चिसोलाई रोक्न देउसी रे !
हिटर र आगो देउसी रे !!
बालेर सुत्ने देउसी रे !

त्यसमाथि फेरी देउसी रे !!

झ्याल ढोका डम्म देउसी रे !!
लगाई सुत्ने देउसी रे !!
नगर्नु गल्ती देउसी रे !
ज्यान जान सक्छ देउसी रे !!

धेरै पो भन्यौँ देउसी रे !
सचेतनाका लागि देउसी रे !!
आएका हामी देउसी रे !
रमाईलो गर्दै देउसी रे !!

सुनिदिनु भयो देउसी रे !
बुझिदिनु भयो देउसी रे !!
यो सन्देश हाम्रो देउसी रे !
अरुलाई नि भन्नु देउसी रे !!
गयौँ है हामी देउसी रे !

भनभन साथी हो देउसी रे !
देउसी रे भन देउसी रे !!

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *