शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर नजलाईने, किष्टकै एनाटोमी डिपार्टमेन्टमा राखिने

5.4k
Shares

काठमाडौँ, ३० असोज ।  शताब्दी पुरुष सत्यमोहन जोशीको दाहसंस्कार नगरिने भएको छ । स्वर्गीय जोशीको ईच्छा अनुसार परिवारले उनको पार्थिव शरीर किष्ट अस्पताललाई हस्तान्तरण गर्ने भएको छ ।

स्वार्गीय जोशीले ललितपुर महानगर, नई प्रकाशनको उपस्थितिमा विसं २०७७ साउन २९ का दिन एक कार्यक्रम गरी आफ्नो शरीर चिकित्सा क्षेत्रका खोजका लागि किष्ट अस्पताललाई प्रदान गर्ने घोषणा गरेका थिए ।

आज विहान अस्पतालमा बसेको परिवार, ललितपुर महानगर, अस्पताल प्रशासन, प्रहरीबीचको छलफल पछि जोशीको चाहना अनुसार नै पार्थिव शरीर किष्ट अस्पताललाई हस्तान्तरण गर्ने निर्णय भएको हो ।

अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जोशीको चाहना अनुसार नै पार्थिव शरीर नजलाएर अस्पतालकै एनाटोमी डिपार्टमेन्टमा राख्ने योजना भएको सुनाए ।

‘विहान परिवार, प्रहरी र महानगरको टीम सहित बसेको बैठकले पार्थिव शरीरलाई नजलाई हाम्रो अस्पतालको एनाटोमी डिपार्टमेन्टमा राख्ने निर्णय भएको छ,’ पाठकले भने ।

किष्ट अस्पतालमा विगत २४ दिन देखि उपचार गराईरहेका १०३ वर्षीय जोशीको आज विहान ७ बजेर ९ मिनेट जाँदा निधन भएको थियो ।

अहिले अस्पताल परिसरमै उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि राखिएको छ । केही क्षणमा ललितपुर महानगरमा लगेर राष्ट्रिय सम्मानका साथ श्रद्धान्जली दिने र त्यसपछि अस्पतालकै एनाटोमी डिपार्टमेन्टलाई हस्तान्तरण गर्ने योजना रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *