चौबिस घण्टामा थप ४५ जनामा कोरोना संक्रमण, ७० जना संक्रमणमुक्त

काठमाडौँ, १३ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा ७० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप २ हजार ६७८ नमुना परीक्षण गर्दा ४५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७ रहेको छ । जसमध्ये होमआइसोलेसनमा १ हजार ४१ र संस्थागत आइसोलेसनमा ३६ जना रहेका छन् ।
संस्थागत आइसोलेसनमा रहेका मध्ये आइसीयूमा ९ जना र भेन्टीलेटरमा शून्य संक्रमित उपचाररत रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



