वीर अस्पतालका अनधिकृत संरचनामाथि महानगरले चलायो डोजर

192
Shares

काठमाडौँ, ६ असोज । काठमाडौँ महानगरपालिकाले वीर अस्पताल क्षेत्र वरपर बनेका अनधिकृत संरचना हटाउन सुरु गरेको छ ।

अस्पतालको भवनदेखि उत्तर तर्फ रहेका अनधिकृत संरचना हटाउन सूचित गरेपनि अटेर गरेपछि डोजर लगाएर हटाउन सुरु गरिएको महानगरले जनाएको छ। त्यहाँ रहेका टहरामा औषधि पसल थिए ।

बुधबार महानगरपालिकाले सूचना जारी गर्दै २४ घण्टाभित्र पसल तथा टहरा हटाउन निर्देशन दिएको थियो। केही पसलले औषधि  पसल खाली गरेका थिए । भने बाँकी संरचना महानगरले डोजर लगाएर अस्पताल वरिपरिका अधिकांश फार्मेसीका सटर भत्काएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *