स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ६२ प्रतिशत उत्तीर्ण

1.7k
Shares

काठमाडौँ, ५ असोज । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गत १ असोज देखि आजसम्म सञ्चालन गरेकोे चौथो लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । परीक्षामा ६२ प्रतिशत उत्तीर्ण भएका छन् ।

परिषद्का रजिष्ट्रार पुष्पराज खनालका अनुसार परीक्षामा ४ हजार ९३२ जनाले आवेदन दिए पनि ४ हजार ७६५ जना मात्रै सहभागी भएका थिए । त्यसमध्ये २ हजार ९४५ जना (६१.८ प्रतिशत) उत्तीर्ण भएका हुन् ।

परिषद्ले विशिष्ठ तहमा १३२ जनाले परीक्षा दिएकोमा ५८ जना (४३.९ प्रतिशत), प्रथम तहमा ८७६ जनामध्ये ३४० (३८.८ प्रतिशत) र द्धितीय तहमा ३ हजार ७५७ जनामध्ये २ हजार ५४७ जना(६७.८ प्रतिशत) उत्तीर्ण भएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *