बाजुरामा बालबालिकालाई दोस्रो चरणको फाइजर खोप लगाइँदै

52
Shares

बाजुरा, ३१ भदौ । जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ। पाँचदेखि ११ वर्षमुनिका बालबालिकाको लागि जिल्लाभरि दोस्रो चरणको फाइजर खोप लगाइने स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए ।

जिल्लाका नौवटै पालिकाका १९ हजार एक सय ७१ बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो। कार्यालयले एक सूचना जारी गर्दै उक्त उमेर समूहका बालबालिकालाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउनसमेत आग्रह गरेको छ। पहिलो चरणमा फाइजर खोप पाएका बालबालिकालाई अनिवार्यरुपमा दोस्रो चरणको खोप लगाउन लागेको कार्यालय प्रमुख चन्दको भनाइ छ ।

स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य सस्था मार्फत् खोप सञ्चालन गर्ने गरी खोप पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ। यसका लागि स्वास्थ्यकर्मी पठाइएको छ। पहिलो चरणमा खोप पाएका बालबालिकालाई अनिवार्यरुपमा खोप लगाउन र उक्त खोपबाट नछुटाउने गरी आजदेखि सञ्चालन गर्न थालिएको हो ।

खोप नलाउँदा कोरानो जोखिम उच्च हुने र सङ्क्रमण बढी हुने सम्भावना भएकाले बालबालिकालाई खोप लगाउन आवश्यक रहेको स्वास्थ्य कार्यालयले बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *