डेंगु संक्रमणबिरुद्धको अभियान

सडकमा हिड्दा जति सानो छ भने पनि बोतलको बिर्को घोप्ट्याई दिनुहोला : बालेन

काठमाडौँ , २९ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले डेंगु प्रकोप नियन्त्रण गर्न महानगरको एकल प्रयासले मात्रै सम्भव नहुने भन्दै स साना कुरामा ध्यान दिन नगरबासीसंग आग्रह गरेका छन् ।

उनले सडकमा हिडेका बेला उत्तानो परेको बोतलको बिर्को जति सानो भए पनि घोप्ट्याईदिन अनुरोध गरेका गरेका छन् ।

उनले भनेका छन, ‘डेंगु सार्ने लामखुट्टेले थोरै पानी जमेको ठाँउबाट पनि बच्चा फैलाउन सक्ने भएकोले यस्ता बोतलका बिर्काहरुमा समेत आकासको पानी पर्दा जम्मा भएर बस्न सक्ने भएकोले देखेका यस्ता बिर्कोहरु घोप्ट्याईदिनहोला । हाम्रो स साना व्यवहारहरु डेंगु नियन्त्रणका लागि फलदायी हुनसक्छ ।’

उनले आफ्नो बस्ती वरपरका पानी जम्ने खाल्टाखुल्टी पुर्न समेत भनेका छन् । बालेनले भनेका छन्, ‘पहिले त उपलव्ध स्रोत साधनको प्रयोग गरेर लामखुट्टेको टोकाईबाट बच्नुहोस् । दोस्रो, लामखुट्टेले थोरै भन्दा थोरै पानी भएको ठाउँबाट पनि बच्चा फैलाउन सक्छ । यसैले कृपया १ सडकमा हिड्दा बोतलको बिर्को जति सानो कुरा छ भने पनि उल्टाइदिनुहोला, ताकि पानी जम्मा नहोस् । पानी जम्मा भएको ठाउँ छ भने घोप्ट्याइदिनुहोस् ।तेस्रो, डेङ्गुबाट संक्रमण हुनु भएको छ भने स्वास्थ्यकर्मीहरुको सल्लाह अनुसार व्यवहार गर्नुहोस् ।’

बालेनले डेंगुको प्रकोप रोक्नका लागि महानगरले केहि अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको समेत बताए ।

उनले वडाको आकार अनुसार ठुला वडाहरुमा रु १ लाख, मध्यमका लागि रु ७५ हजार तथा साना वडाहरुमा रु ५० हजारका दरमा बजेट छुट्याइएको उल्लेख गरे । तर उनले यो प्रयत्न डेंगु नियन्त्रणका लागि भने अपुग भएको बताएका छन् । उनले महानगरमात्रैले यो प्रकोपलाई तत्काल रोक्न गाह्रो भएको भन्दै यसमा सबैको साथ चाहिएको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *