शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र घटना :

‘गल्ती लुकाउन सिनियर माथि गम्भीर लान्छना’

दुर्व्यहारको आरोप लगाउने डाक्टर र सहयोगीमाथि हदैसम्मको कारवाही गरियोस् : डा श्रेष्ठ

काठमाडौँ, २४ भदौ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रैष्ठले आफूमाथि दुर्व्यहार गरेको भन्दै उजुरी गर्ने डा. अनिषा तिवारी र उनलाई उक्साउने व्यक्तिहरुमाथि हदैसम्मको कारवाही गर्न माग गरेका छन् ।

शल्यक्रियाको क्रममा गम्भीर अवस्थामा पुगेको एक जना बिरामीको ज्यान बचाउने क्रममा डा. तिवारीले अनावश्यक रुपमा डिस्टर्ब गर्न थालेपछि आफूले बाहिर जान भनेको कुरालाई ‘ईश्यु’ बनाएर ‘भड्काउने बातावरण’ सिर्जना गरेको भन्दै उनीहरुमाथि हदैसम्मको कारवाहीको माग गरेका हुन् ।

डा. तिरावीले शल्यक्रियाको क्रममा आफूमाथि दुर्व्यहार गरेको भन्दै कार्यकारी निर्देशक डा. श्रेष्ठबिरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ लगायतमा उजुरी दिएकी थिईन् । केही दिन यता विभिन्न सञ्चारमाध्यममा समेत यो विषय उठेपछि केन्द्रका निर्देशक डा. श्रेष्ठले आज पत्रकार सम्मेलन गर्दै कारवाहीको माग गरेका हुन् ।

‘ठ्याक्कै एक महिना अघि अर्थात २४ साउनको घटना हो । हाम्रै एक जना स्टाफको आपन्तको पित्तथैलीको शल्यक्रिया गर्ने प्लान भएको थियो । तर शल्यक्रिया गर्ने डाक्टर तिवारीले म ढिलो हुन्छ गर्दै गर्नु भनेर अर्को डाक्टरलाई केश शुरु गर्न भनिछन् । अर्को डाक्टरको नेतृत्वमा शल्यक्रिया गर्दा केशमा जटिलता उत्पन्न भयो, व्लिडिङ हुन थाल्यो । त्यसबीचमा उनी (डा. तिवारीं) आईन र प्रयास गरिन तर केशमा झनै जटिलता देखा परयो । शल्यक्रियामा जटिलता आएपछि हामीलाई खबर भयो प्राडा राकेश बर्मा र म तत्कालै त्यहाँ पुग्यौँ । केश जटिल अवस्थामा पुगेको देखेपछि बिरामी बचाउनकै लागि मैले उनीभन्दा सिनियर, अनुभवी र विभागीय प्रमुख समेत भएको नाताले केश ह्याण्डिल गरेंं । त्यसपछि उनले पछाडी बसेर डिस्टर्व गर्न थालिन् । त्यसपछि मैले उनलाई काममा डिस्टर्व नगर बाहिर जाउ भनेर भनेको हुँ । तर उल्टै दुर्व्यहार भयो भदै विभिन्न निकायमा उजुरी र मिडियाबाजी गर्दै हिडिन् । यसले मेरो आत्मसम्मानमा गम्भीर आघात पारेको छ । यो कार्यमा उनी एक्लै होईन अरु केही डाक्टरले पनि उचाल्ने काम गरेका छन् । शल्यक्रिया कक्षमा आएर भिडियो र फोटो खिच्ने काम गरेका छन् । बिरामीको गोपनियता र चिकित्सकीय मर्यादा विपरित काम भएको छ । त्यसैले हदैसम्मको कारवाहीको माग गरेको छु,’ पत्रकार सम्मेलनमा डा. श्रेष्ठले घटनाको सम्छिप्त रुपमा ब्रिफिङ गरे ।

उनले घटनाका लागि उक्साउन केन्द्रकै डा संजीत साह र डा तिवारी समक्ष स्पष्टिकरण सोधेको समेत सुनाए ।

पत्रकार सम्मेलनमा त्यसदिन शल्यक्रिया कक्ष भित्र काम गरेका अन्य चिकित्सक, नर्स तथा प्यारामेडिक्स समेत उपस्थित थिए । उनीहरुले पनि घटनामा डाक्टर श्रेष्ठले कुनै दुर्व्यहार नगरेको, गम्भीर अवस्थामा काम गर्दाको अवस्थामा ‘डिस्टर्व ‘ गर्दा बाहिर जाउ भन्नु सामान्य कुरा भएको बताए ।

यस्तै बिरामीका आफन्तले पनि डा श्रेष्ठको टिमले तत्काल ‘केश ह्याण्डल’ नगरेको भए बिरामी ‘कोल्याप्स’ हुने अवस्था भएको बताए । यो नितान्त झुटा र पर्सनल इगो र आफ्नो कमजोरी लुकाउँदै अर्को माथि दोष थोपार्न चालिएको कदम हो  भन्दै आफन्तले डा पुकार र उनको टिमको बचाउ गरे ।

त्यसो त डाक्टर तिवारीको उजुरीपछि डा. श्रेष्ठ र टिम जवाफ दिन जिल्ला प्रशासन कार्यालय धाउनु परेको छ ।

‘नेपाल मेडिकल काउन्सिल, स्वास्थ्य मन्त्रालय, नेपाल चिकित्सक संघलाई समेत घटनाको विवरण बुझाउँदै हिड्नु परेको छ । यसले अस्पतालको सेवामा असर गरेको छ । अनावश्यक रुपमा समय खर्च भएको छ,’ डा. श्रेष्ठले भने ।

डा श्रेष्ठले यसअघि नै जिल्ला प्रशासन कार्यालयमा घटना बारेमा लिखित विवरण बुझाएका थिए । उनले बुझाएको विवरण यस्तो छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *