स्वास्थ्यमा ८ जना एघारौँ तहका अधिकृतहरुको सरुवा तथा पदस्थापन

काठमाडौँ, २२ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य समूहका एघारौँ तहका अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ । स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै आधा दर्जन बढी स्वास्थ्य अधिकारीहरुको सरुवा गरेका हुन् ।

स्रोतका अनुसार भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्दु बगालेलाई दिइएको छ । उनलाई यसअघि हेटौडास्थित कीटजन्य रोग अनुसन्धान प्रयोगशालामा पठाइएको थियो ।

यस्तै प्रसूतिगृह अस्पतालको निर्देशकमा डा पवनजंग रायमाझीलाई दिइएको छ । उनी स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाका निर्देशक थिए ।

उपचारात्मक महाशाखाको निर्देशकमा डा अनुप बास्तोलालाई ल्याइएको छ ।  उनी यसअघि सार्क क्षयरोग केन्द्रमा थिए ।

सार्क क्षयरोग केन्द्रमा यसोधा अर्यालको पदस्थापन गरिएको छ ।

यस्तै राष्टिय सूचना तथा सञ्चार केन्द्रमा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयबाट विजयकुमार झालाई ल्याइएको छ । त्यहाँका निर्देशक सुनील शर्मालाई प्रदेश स्वास्थ्य निर्देशनालय बागमती प्रदेशमा पठाइएको छ ।

त्यहाँका निर्देशक महेश्वर श्रेष्ठको काज फिर्ता भएको छ । उनी अव लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रमा जानु पर्नेछ ।

किटजन्य रोग प्रयोगशालामा भने केशव पण्डितलाई नै फर्काइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *