कुटपिटमा परेका जुम्लाका डा. करण साहविरुद्ध बाल हिंसा सम्वन्धी मुद्धा दर्ता !
जुम्ला, १७ भदौ । आकस्मिक कक्षमै कुटपिटमा परेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ । कुटपिट गर्ने धनबहादुर शाहीकी श्रीमती आशा हमाल (शाही) ले मुद्धा दर्ता गरेकी हुन् ।
उनले गत २ भदौमा प्रतिष्ठानको आकस्मिक कक्षमा रहेका बेला डा साहले एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक पृथकविक्रम शाहीको उपचारमा बाल हिंसा गरेको भन्दै बालककी आमा आशा हमाल (शाही)ले जुम्ला प्रहरीमा मुद्दा दर्ता गराएकी हुन् ।
‘त्यस दिन बालकका बुवा धनबहादुर शाहीले छोरा पृथकविक्रमले पेट दुख्यो भनेपछि उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गर्नुभएको थियो ।त्यसक्रममा छोराको उपचारका लागि डा साहसँग बारम्बार अनुरोध गर्दा पनि उहाँले मान्नु भएन”, आमा आशाले भनिन्, ‘बच्चाको उपचार नगर्दा डा साह र धनबहादुरबीच झगडा भएको तथा पछि छोराको ओम मनिष पोलिक्लिनिक एण्ड रेफरल सेन्टर प्रालि जुम्लामा उपचार गर्नु पर्यो ।’
उनले गत ६ भदौमै साहविरुद्ध बाल हिंसाको जाहेरी दरखास्त दर्ता गर्न खोज्दा प्रहरीले नमानेपछि जिल्ला सरकारी वकिल कार्यालय जुम्लामा जाहेरी दरखास्तको सिफारिस मागेको र त्यहीअनुसार १० भदौमा सिफारिस प्राप्त भएको उनले बताईन ।
हमालले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा २ को ृटे, दफा १६ को (१) र (२), दफा ६६ को उपदफा ‘१’ र ‘२’ को खण्ड ‘घ’ र ‘ङ’ मा परिभाषित कसुर अपराधअन्तर्गत ऐनको दफा ७२ को उपदफा ३ ‘क’ बमोजिम कारबाहीको माग गर्दै यही भदौ १३ गते डा साहविरुद्ध दिएको जाहेरी दरखास्त दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
“जाहेरी दरखास्त दर्ता भएसँगै डा साहलाई कानुनी दायरा ल्याउन प्रक्रिया अगाडि बढाएका छौँ”, उनले भने, “घटनाका विषयमा अनुसन्धान भइरहेको छ ।” यसअघि बालक शाहीको स्वास्थ्योपचारमा डा साहले भेदभावपूर्ण व्यवहार गरेको भन्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जुम्लाले प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको थियो ।
प्याब्सन अध्यक्ष टासी दोडुप लामा र सचिव रतन शाहीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “अस्पतालको आकस्मिक कक्षजस्तो संवेदनशील स्थानमा बालहिंसालाई प्रोत्साहन हुने प्रकारको कसुर डा साहबाट हुनु खेदजनक छ । तसर्थ बालबालिकासम्बन्धी ऐनको मुलुकी फौजदारी कार्यविधि ‘संहितो ऐन, २०७४ को अनुसूची ‘१’ बमोजिम आवश्यक कारबाहीका लागि जोडदार माग गर्दै सरोकारवाला निकायको ध्यानाकर्षण गर्दछौँ ।”
यता नेपाल चिकित्सक संघले चिकित्सक माथि कुटपिट गर्ने विरुद्ध कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उसले भर्खरै संसदबाट पारित स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संसोधन) ऐन २०७९ को कार्यान्वयन गरी दोषी माथि कारवाही गर्न माग गरेको छ ।
अहिले त्यस घटनामा सम्लग्न भएका मुख्य आरोपी धनबहादुर शाही प्रहरी हिरासतमा छन् । उनी प्रतिष्ठानमै कार्यरत कर्मचारी समेत हुन् । प्रतिष्ठानले कुटपिटमा सम्लग्न भएको कारण ४५ दिन निलम्बन गर्ने निर्णय गरेको छ । यता कुटाई खाने डा साहलाई चिकित्सक संघको टोलीले जुम्लाबाट काठमाडौँ ल्याएको छ ।
सम्पर्क इमेल : [email protected]
चोरलाई चौतारी साधुलाई शुली भनेको यही हो।ने ची संघ ले आफ्ना सदस्य हरूको हित संरक्षण गर्न नसक्दा अब उल्टै डाक्टर दण्डित हुने स्थिति देखियो। प्रतछ्य भि ढि यो प्रमाण हुदा हुदै उजुरी दर्जा नगर्ने पुलिस डाक्टर को बिरुद्ध भनेपछि दर्जा गरेछ, खासै आश्चर्य लागेन,।
धनबहादुर शाहीकी श्रीमती आशा हमाल (शाही) ले गरेको गलती लूकाउन को लागि मुदा गरेको हुन सक्छ,
धनबहादुर शाहीकी श्रीमती आशा हमाल (शाही) फर्जी मुदा गरेको अभियोगमा कारबाही हुनु पर्यो l
इमर्जेंसी डेपर्टमेंट मा स्टिच् लगाउने काम हुन्छ काटने काम हुदैन ल
Dr. ले गल्ती गरै को थियों भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मा निबेदंन दिनु पर्ने थियो l
धनबहादुर शाहीकी श्रीमती आशा हमाल (शाही) ले गरेको गलती लूकाउन को लागि मुदा गरेको हुन सक्छ,
धनबहादुर शाहीकी श्रीमती आशा हमाल (शाही) फर्जी मुदा गरेको अभियोगमा कारबाही हुनु पर्यो l
इमर्जेंसी डेपर्टमेंट मा स्टिच् लगाउने काम हुन्छ काटने काम हुदैन र
Dr. ले गल्ती गरै को थियों भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मा निबेदंन दिनु पर्ने थियो l हात पात गर्नु हुदैन l