बीपी स्मृति अस्पतालमा अब हरेक शनिबार नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौँ, २५ साउन । बसुन्धारास्थित बीपी स्मृति अस्पतालले अब हरेक शनिबार निशुल्क रुपमा स्वास्थ्य शिविर गर्ने भएको छ । अस्पतालले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगर्त आगामी २८ साउन देखि १ असोज सम्म हरेक शनिबार निशुल्क स्वास्थ्य शिविर गर्न लागेको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. धनबहादुर राना मगरका अनुसार अस्पताल परिसरमै हुने शिविरमा विशेषज्ञ चिकित्सकद्धारा सेवा उपलव्ध हुनेछ ।

‘हरेक शनिबार विहान ८ बजे देखि दिउसो १ बजेसम्म शिविर हुनेछ । शिविरमा ब्लड सुगर, पिसाब जाँच, रक्त परीक्षण, (सीबीसी) तथा छातीको एक्सरे सेवा निशुल्क हुनेछ,’ अस्पतालका डाइरेक्टर डा. रानाले भने ।

उनले अन्य ल्याब परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था समेत गरिएको बताए ।

अस्पतालले ६ सातासम्म साप्ताहिक रुपमा आयोजना गर्न लागेको शिविरमा हरेक साता छुट्टा छुट्टै विधाबाट विशेषज्ञ सेवा उपलव्ध गराउने योजना बनाएको छ ।

शिविरको तालिकामा आगामी २८ साउनमा पर्ने शनिबारमा छाला तथा मुटुरोगका विशेषज्ञले सेवा दिने छन् ।

यस्तै ४ भदौमा हाडजोर्नी तथा डेन्टल सर्जरी र ११ भदौमा जनरल सर्जरी तथा युरो सर्जरी, नेफ्रोलोजीको सेवा तोकिएको छ ।

यसैगरी १८ भदौमा स्त्री रोग तथा बालरोग, कार्डियोथोरासिक एण्ड भास्कुलर, २५ भदौमा मेडिसिन (छाती, पेट), बाथरोग र १ असोजको शनिबारको दिन इएनटी तथा न्यूरो सर्जरी तथा साईक्याट्री सेवा दिने गरी तालिका बनाईएको मेडिकल डाइरेक्टर डा. रानाले बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *