कोहलपुर नगरपालिकाद्धारा समायोजन मिलान गरेका १७ स्वास्थ्यकर्मी फिर्ता

काठमाडौँ, २४ साउन । कोहलपुर नगरपालिकाले समायोजनमा मिलान गरी आफूकहाँ कार्यरत १७ जना कर्मचारीलाई स्वास्थ्य मन्त्रालयमा फिर्ता पठाईदिएको छ । स्वीकृत दरबन्दी भन्दा बढी भएका कर्मचारीलाई नगरपालिकाबाट तलव भत्ता उपलव्ध गराउन नसक्ने भन्दै मन्त्रालयलाई फिर्ता पठाएको हो ।

यसअघि नगरपालिकाको गत ११ साउनमा बसेको कार्यपालिका बैठकले स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारीलाई तलब भत्ता उपलव्ध गराउन नसकिने भएकोले त्यस्ता कर्मचारीलाई अन्यत्र व्यवस्थापनका लागि सम्वन्धित मन्त्रालयमा फिर्ता पठाउने भनेर निर्णय गरेको थियो ।

सोही अनुसार नगरपालिकाले २३ साउनमा मन्त्रालयलाई पत्र लेखि फिर्ता गरिएका १७ जना स्वास्थ्यकर्मीको विवरण समेत उपलव्ध गराएको छ ।

यस्तो छ मन्त्रालयलाई लेखेको पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *