चौबिस घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि, ४४४ संक्रमणमुुक्त
काठमाडौँ, २१ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा थप ४४४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ४ हजार ६८२ नमुना परीक्षण गर्दा ६६० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६४१ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार ४७१ जना र संस्थागत आइसोलेसनमा १७० जना रहेका छन् ।
संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा ४६ जना र भेन्टीलेटरमा २ जना संक्रमित उपचाररत रहेका छन् । कारोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]