झापामा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु

108
Shares

झापा, १५ साउन । झापाको कन्काई नगरपालिका वडा नम्बर-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आइतबार दिउँसो मे १ च १६५४ नं. को एम्बुलेन्सले प्र १- ०१-०१५ प २१४८ नं.को स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार झापा गाउपालिका- ६ बस्‍ने २३ वर्षीय राजेश कार्कीको मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरिक्षक बसन्त पाठकले जानकारी दिए ।
डीएसपी पाठकका अनुसार नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्‍यु हो ।

प्रहरीले एम्बुलेन्स र एम्बुलेन्स चालक बिर्तामोड नगरपालिका-१० बस्ने वर्ष ४६ वर्षीय चन्द्र बहादुर बि।क।लाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *