सिंहदरबार बैद्यखानाको निमित्त निर्देशकमा पुन: डा. सबरी साह

पूर्व निर्देशकले कार्यकक्षको तालाचावी नदिएको आरोप

काठमाडौँ, ११ साउन । सिंहदरबार बैद्यखानाको नेतृत्व गर्न पुन: डा. सबरी साह पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १० असारमा गरेको गरेको मन्त्रीस्तरीय निर्णय सर्बोच्च अदालतले तत्काल कार्यान्वयन नगर्नु भन्ने आदेश दिएपछि बैद्यखानाको नेतृत्व गर्न पुन डा. साह पुगेका हुन् ।

यसअघि तत्कालिन स्वास्थ्यमन्त्री विरोध खतिवडाले दशौँ तहका डा. साहलाई टेकुस्थित आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा सरुवा गरी उनको ठाँउमा दशौँ तहकै डा. श्यामबाबु यादवलाई पठाएका थिए । सो निर्णय कार्यान्वयन नगर्न माग गर्दै डा साह १९ असारमा सर्बोच्च गएका थिए ।

सर्बोच्चले २१ असारमा उनको माग बमोजिम नै निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश जारी गरेको थियो । अदालतको निर्णय भएको तीन साता पछि स्वास्थ्य मन्त्रालयले पनि अन्तरिम आदेशको पालना गर्दै पुन: डा. साहलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको चिठी थमायो ।

‘सर्बोच्चको आदेश अनुसार पुन: जिम्मेवारीमा फर्काइएको ९ साउनको मन्त्रीस्तरीय निर्णय भएको रहेछ । आज सो पत्र लिएर हाजिर हुन गएँ,’ डा. साहले भने ।

मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख मदन भुजेलले सर्बोच्चको आदेश आइसकेपछि त्यसको शीरोधार्य गर्नु कर्तव्य भएको भन्दै सोही अनुसार डा. साहलाई पुन: बैद्यखानाको नेतृत्व गर्न पठाएको बताए । उनले डा. यादवलाई पुरानै ठाँउ आयुर्वेद विभाग फर्काइएको सुनाए ।

कार्यकक्षमा ताला लगाएर निस्के पूर्व निर्देशक

बुधबार हाजिर तथा पदवहाली गर्न पुगेका डा. साहले बाहिरै हाजिर गर्न पर्‍यो । उनको कार्यकक्षमा यसअघि निमित्त निर्देशक बनेका डा. यादवले चाबि लगाएका छन् ।

‘मन्त्रालयको चिठी लिएर हाजिर गर्न गएँ तर ढोका लगाएको रहेछ । बुझ्दा थाहा भयो पूर्व निर्देशक डा यादवले नै लगाएर निस्कनु भएछ । चावी त खोलिदिनु पर्‍यो नि भनेको उहाँले मन्त्रालयको पछिल्लो निर्णय मलाई मान्य छैन् । तपाईँलाई चावी दिदैन भन्नुभयो । महिले बाहिरै हाजिर गरेर फर्के,’डा. साहले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *