सरकारले बनायो ५, १० र १५ शैयाका अस्पतालको संगठन संरचना र दरबन्दी तेरिज (नमूना सहित)

19.7k
Shares

काठमाडौँ, २ साउन ।  सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शैयाका आधारभूत अस्पतालहरुको नमूना संगठन संरचना र दरबन्दी स्थानीय तहलाई पठाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोधमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नमूना संगठन संरचना र दरबन्दीको तेरिज सबै स्थानीय तहलाई पठाएको हो ।

प्रस्तावित दरबन्दीमा ५ शैयाको अस्पतालमा आठौँ तहको एक जना मेडिकल अधिकृतको नेतृत्वमा ४ जना नर्स, ३ जना हेल्थ असिस्टेन्ट सहित १८ जनाको दरबन्दी तेरिज प्रस्ताव गरिएको छ । १० शैयाको अस्पतालका लागि दुई जना मेडिकल अधिकृत, ५ जना स्टाफ नर्स, ३ जना हेल्थ असिस्टेन्ट सहित २२ जनाको दरबन्दी प्रस्ताव गरिएको छ ।

यस्तै १५ शैयाको अस्पतालका लागि नवौँ वा दशौँ तहको मेडिकल जनरलिष्ट एक जना, मेडिकल अधिकृत २ जना स्टाफ नर्स ६ जना हेल्थ असिस्टेन्ट ४ सहित ३० जनाको लागि दरबन्दी तेरिज प्रस्ताव गरिएको छ ।

यस्तो छ संगठन संरचना र दरबन्दी तेरिज

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

2 thoughts on “सरकारले बनायो ५, १० र १५ शैयाका अस्पतालको संगठन संरचना र दरबन्दी तेरिज (नमूना सहित)

  1. Yo kasto bijog ho local level ma 8 th level ko medical officer 7 th level ko karmchari ko under ma khatinu parx

  2. Eutaa medical officer le HA /CMA ko order follow garnu parney….. medical adhikrit hudaa hudai HA /CMA haru kasari incharge hunchn …….

Leave a Reply

Your email address will not be published. Required fields are marked *