स्वास्थ्यले स्थानीय तहलाई भन्यो, ‘कोभिड अस्थायी अस्पतालमा कार्यरत जनशक्तिको तलव साउन देखि दिदैनौँ’

काठमाडौँ, ३१ असार ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४९ स्थानीय तहका कोभिड १९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिको पारिश्रमिक आगामी १ साउनबाट उपलव्ध नगराउने भएको छ ।

स्वास्थ्य सचिवद्धय देवकुमारी गुरागाईँ र डा रोशन पोखरेलको उपस्थितिमा शुक्रबार मन्त्रालयमा बसेको कोभिड उपचार सम्वन्धी बैठकले सो निर्णय गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शुक्रबारको बैठकले बैठकले कोभिड १९ व्यवस्थापनका लागि डेडिकेटेड हस्पिटलको रुपमा रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत करारका जनशक्तिको पनि म्याद नथप्ने निर्णय गरेको बताए ।

उनले वीर अस्पतालको सर्जिकल भवनबाट सेवा प्रभावलाई निरन्तरता दिन स्वीकृत पुल दरबन्दी भित्र रही लोकसेवाबाट स्थायी नियुक्ति नभएसम्म मन्त्रालयसंग समन्वय गरी जनशक्ति व्यवस्थापन गर्ने बाटो खोलिदिएको समेत जानकारी दिए ।

यस्तै मन्त्रालयले मोडरेट र सिभिअर केश व्यवस्थापनका लागि प्रत्येक प्रदेशमा अस्पताल तोक्ने निर्णय गरेको छ ।

मन्त्रालयले तोकेका अस्पतालहरुमा प्रदेश १ मा कोशी अस्पताल बिराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेश प्रदेशबाट जनकपुर प्रदेशिक अस्पताल र नारायणी अस्पताल रहेका छन् ।

यस्तै बागमती प्रदेशबाट शुक्रराज ट्रपिकल अस्पताल, भरतपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन् ।

गण्डकी प्रदेशबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल बागलुङ रहेका छन् । यसैगरी लुम्बिनी प्रदेशबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भेरी अस्पताल नेपालगञ्ज रहेका छन् ।

कर्णाली प्रदेशबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेत प्रादेशिक अस्पताल सुर्खेत रहेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट डडेल्धुरा अस्पताल र सेती प्रादेशिक अस्पताल रहेका छन् ।

यी अस्पतालमा कोभिडको उपचार गरेवापत सरकारले रकम सोधभर्ना गरिदिने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *