उपत्यकामा ९१ सहित देशभर थप २२९ जनामा कोरोना संक्रमण पुष्टि

84
Shares

काठमाडौँ, ३१ असार । पछिल्लो चौबिस घण्टामा काठमाडौँ उपत्यकामा ९१ सहित देशभर थप २२९ जना कोरोना संक्रमित थपिएका छन् ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७८, भक्तपुरमा ४ र ललितपुरमा ९ जना गरी उपत्यकामा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जारी गरेको बिबरण अनुसार ३ हजार ७१८ नमुना परीक्षण गर्दा २२९ जना संक्रमण पुष्टि भएको हो । जसमा १ हजार ६४४ जनाको पीसीआर नमुना परीक्षण गर्दा १६१ र २ हजार ७४ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ६८ जना रहेका छन् ।

आज थप ४८ जना निको भई डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या १ हजार २८४ रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ हजार २४९ जना र संस्थागत आइसोलेसनमा ३५ जना रहेका छन् ।

त्यस्तै संस्थागत आइसोलेसनमा भएका संक्रमित मध्ये आइसीयूमा १४ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।

देशभर हालसम्म ५७ लाख ८२ हजार ३४४ को पीसीआर बिधिबाट नमुना परीक्षण गर्दा ९ लाख ८१ हजार १४२ जनामा र १२ लाख ४८ हजार ७२६ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १ लाख ४० हजार ८५४ गरी जनामा कोरनो संक्रमण पुष्टि भएको छ । जसमध्ये ९ लाख ६७ हजार ९०६ जना निको भएका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *