पाल्पा पूर्णखोप सुनिश्चितता जिल्ला घोषित

पाल्पा, ३१ असार । पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ। पाल्पाको तानसेनमा एक औपचारिक कार्यक्रम गरी पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो।

जन्मेदेखि १५ महिनासम्मका सबै बालबालिका लाई १३ प्रकारका खोप लगाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषण गरिएको हो।

जिल्ला खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा प्रदेश सांसद डा। पूरनमान बज्राचार्यले पाल्पा जिल्ला पूर्ण खोप सुनिश्चितता भएको घोषणा गरे।

जिल्लाका ३ हजार ५ सय ८६ जना बालबालिकाले पूर्ण रूपमा खोप पाएका छन।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरेपछि पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा। राजेन्द्र गिरीले बताए।

पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकांक पुरा गर्नु पर्ने हुन्छ। पाल्पाका सबै स्थानीय तहले ९५ प्रतिशत सूचकांक पूरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ। पाल्पालाई यसअघि २०७० साल फागुन १३ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो।

हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ।

आर्थिक वर्ष २०७७/०७८ मा पाल्पामा ४ हजार १ सय ९ जना बालबालिकाले पूर्ण खोप पाएका थिए।

यस वर्ष असार १ गतेदेखि माथागढी गाउँपालिकाबाट पूर्ण खोप सुनिश्चिता घोषणा गरी असार २६ गते निस्दी गाउँपालिकामा पुगी १० वटै पालिका घोषणा सकिएपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको गरिएको समितिका संयोजक टंकनाथ खनालले बताए।

घोषणासँगै कार्यक्रमका सहभागीहरूले पूर्णखोप सुनिश्चता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गरेका थिए।

घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद डा। पुरन बज्राचार्य, परिवार कल्याण महाशाखाका खोप जनस्वास्थ्य अधिकृत बसन्त कुमार श्रेष्ठले बालबालिकाहरुलाई प्राणघातक रोगहरुबाट बचाउन पूर्ण खोप सुनिश्चत गर्नुपरेको बताए।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *