थप १ जनामा हैजा संक्रमण पुष्टि, संक्रमितको संख्या २८ पुग्यो

काठमाडौँ, २९ असार । काठमाडौँ उपत्यकामा थप १ जनामा हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरस्थित बालकोटमा १ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।
यो संगै अहिलसम्म २८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । जसमध्ये १८ जना पुरुष र १० जना महिला रहेका छन् ।
यस अघि कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालक सहित बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) कागेश्वरी मनहरा, टेकु, किर्तिपुर, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



