थप १ जनामा हैजा संक्रमण पुष्टि, संक्रमितको संख्या २८ पुग्यो

काठमाडौँ, २९ असार । काठमाडौँ उपत्यकामा थप १ जनामा हैजा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरस्थित बालकोटमा १ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

यो संगै अहिलसम्म २८ जनामा हैजा संक्रमण पुष्टि भएको छ । जसमध्ये १८ जना पुरुष र १० जना महिला रहेका छन् ।

यस अघि कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालक सहित बागबजार, कालीमाटी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार) कागेश्वरी मनहरा, टेकु, किर्तिपुर, र ग्वार्कोमा हैजाका संक्रमित भेटिएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *