चौबिस घण्टामा थप १२१ जनामा कोरोना संक्रमण, ३१ जना डिस्चार्ज

80
Shares

काठमाडौँ, २६ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १२१ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ३१ जना निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ७ सय जनाको पीसीआर नमुना परीक्षण गर्दा १ सय ४ जनामा र १ हजार ३४५जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टी भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७२, भक्तपुरमा ३ र ललितपुरमा १३ गरी उपत्यकामा ८८ जना थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ६ सय ६७८ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ६ सय ६२ जना र संस्थागत आइसोलेसनमा १६ जना रहेका छन् ।

त्यसैगरी आइसीयूमा ७ जना र भेन्टीलेटरमा १ जना संक्रमित उपचाररत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *