अमेरिकामामा ६ महिना देखि ५ बर्ष उमेर समूहका ३ लाख बालबालिकाले कोभिडबिरुद्धको खोप लगाए

76
Shares

एजेन्सी । अमेरिकामा ६ महिना देखि ५ बर्ष उमेर समूहका ३ लाख बालबालिकाले कोभिडविरुद्धको खोप लिएको त्यहाँका अधिकारीहरुले बताएका छन् ।

गत महिना त्यहाँको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी)ले फाइजर बायोनटेक र मोर्डना खोप ६ महिना देखि ५ बर्ष उमेर समूहका बालबालिकालाई दिन सकिने भन्दै स्वीकृति प्रदान गरेको थियो ।

कोभिडको जोखिम क मगर्नका लागि अहिले ६ महिना देखि ५ बर्ष उमेर समूहका बालबालिकालाई पनि खोप दिन थालिएको र यो उमेर समूहका करीब २ प्रतिशत बालबालिकाले कम्तीमा एक डोज खोप पाईसकेको ह्वाइट हाउसका एक अधिकारीले बताए ।

उनले अमेरिकामा ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई पनि कोभिडविरुद्धको खोप दिइएको बताउँदै त्यसमा कम्तिमा १५ प्रतिशत कभरेज भईसकेको बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *