स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ४१ प्रतिशत पास

काठमाडौँ, २४ असार । नेपाल स्वास्थ्य व्यावसायी परिषद्ले तेस्रो नाम दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स) को नतिजा प्रकाशित गरेको छ ।

पुल्चोकस्थित इन्जिनियररिङ कलेजमा गत २२ असार देखि आजसम्म सञ्चालन गरेको परीक्षाको नतिजा केहीवेर अघि प्रकाशित भएको हो ।

परिषद्का अध्यक्ष डा मोहनकृष्ण श्रेष्ठका परीक्षामा ४०.८५ प्रतिशत उत्तीर्ण भएका छन् । ‘परीक्षामा कुल परीक्षार्थी २ हजार ९३७ जना थिए । त्यसमा ८८ जना अनुपस्थित रहे । कुल उत्तीर्णको संख्या ११६४ (४०.८५प्रतिशत रहेको छ,’ श्रेष्ठले भने ।

परिषदले गत पुसमा लिएको दोस्रो लाइसेन्स परीषामा ५६.८४ प्रतिशत उत्तीर्र्ण भएका थिए ।

गत परीक्षा भन्दा यसपटक करीब १७ प्रतिशत कम उत्तीर्ण भएका छन् ।

परिषदका अनुसार यसपटक लाइसेन्स परीक्षामा स्नातकोत्तर तहमा १९२ जना सहभागी थिए । त्यसमा ११७ जना (६३.९३ प्रतिशत) उत्तीर्ण भएका छन् । यस्तै स्नातक तहका ९७२ जना सहभागी भएकोमा ३७१ (३९.९३ प्रतिशत) जना र र प्रमाणपत्र तहमा १ हजार ७७३ जना सहभागी भएकोमा ६७६ जना ( ३९.१८ प्रतिशत) जना उत्तीर्ण भएका छन् ।

परीक्षामा कसैबाट पनि अवान्चित क्रियाकलाप नभएको समेत उसले उल्लेख गरेको छ ।

परीक्षामा स्वास्थ्यका विभिन्न ४२ विधाका विद्यार्थीहरु सहभागी थिए ।

अध्यक्ष श्रेष्ठले परिषदको चौथो लाइसेन्स परीक्षा आगामी २, ३ र ४ असोजमा हुने समेत निर्णय भएको बताए ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *