डा. साह र डा. चापागाईँलाई मेडिकल सुपरीटेन्डेन्टको जिम्मेवारी

7.1k
Shares

काठमाडौँ, २४ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरका दुई ठूला अस्पतालको मेडिकल सुपरीटेन्डेन्ट परिवर्तन गरेको छ । सप्तरीको गजेन्द्रनारायण सिंह र नेपालगञ्जको भेरी अस्पतालको मेसु परिवर्तन गरिएको हो ।

स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले शुक्रबार मन्त्रीस्तरीय निर्णय गर्दै गजेन्द्रनारायणसिंह अस्पतालमा डा. प्रकाशप्रसाद साहलाई पठाएका छन् । उनी यसअघि केन्द्रीय कारागार अस्पतालका प्रमुख थिए । यस्तै नेपालगञ्जस्थित भेरी अस्पतालमा प्रमुख कन्सल्टयान्ट चर्म रोग विशेषज्ञ डा. बद्री चापागाईंलाई मेसुको जिम्मेवारी दिएका छन् ।

‘दुबै अस्पतालमा केही समय देखि मेसुको दरबन्दी खाली थियो । ती स्थानमा उहाँहरुलाई जिम्मेवारी दिइएको हो,’ मन्त्रीका विज्ञ सल्लाहकार डा. रमेश ढकालले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *