राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको ‘जिम्मेवारी’ स्वास्थ्य राज्यमन्त्री केसीलाई

अधिकार बाढेरै काम गरौँ भन्ने मेरो मनसाय हो : स्वास्थ्य मन्त्री खापुङ
1.8k
Shares

काठमाडौँ, २३ असार । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको जिम्मेवारी स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले पाएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७४ मा स्वास्थ्य मन्त्री सहकुलपति हुने उल्लेख गरेको छ ।

गत आईतवार स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङले राज्यमन्त्री केसीलाई अधिकार प्रत्यायोजन गर्दा प्रतिष्ठानको सहकुलपतिको जिम्मेवारी समेत निर्वाह गर्न भनेका छन् । राज्यमन्त्री केसीलाई दिईएको पत्रको ४ नम्बर बुँदामा भनिएको छ, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकुलपतिको हैसियतले कामकाज गर्ने र कामको प्रतिवेदन पेश गर्ने ।’

मन्त्री हुँदा हुँदै राज्यमन्त्रीले सहकुलपतिको जिम्मेवारी प्राप्त गरेको सम्भवत पहिलो पटक हो ।

राज्यमन्त्री केसीलाई अरु थुप्रै अधिकार

गत आइतबार अधिकार प्रत्यायोजन गर्दा स्वास्थ्य मन्त्री खापुङले आफ्ना राज्यमन्त्रीलाई प्रतिष्ठानको सहकुलपतिको जिम्मेवारी मात्रै होइन अरु थुप्रै अधिकार समेत दिएका छन् । उनले दिएको अधिकार अनुसार अब राज्यमन्त्री केसीले मन्त्रालय वा अन्तरगर्तका निकाय वा सो अन्तर्गत रहेका परिषद, विभाग, अस्पताल, प्रतिष्ठान, बोर्ड, केन्द्र र आयोजना लगायतका सम्पूर्णको अनुगमन गर्ने समन्वय गर्ने र नीतिगत सुधारका लागि विषयमा रायसहित पेश गर्ने काम गर्नेछन् ।

यस्तै विशिष्टीकृत अस्पतालहरुको सेवा प्रवाहको अनुगमन गर्ने, नीतिगत सुधारका लागि निर्देशन दिने विषयमा रायसहित पेश गर्ने जिम्मेवारी पनि राज्यमन्त्री केसीको परेको छ ।

यसैगरी विशिष्टिकृत अस्पतालहरुको न्युनतम सेवा मापदण्ड सम्वन्धी बिस्तृत योजना तर्जुमामा आवश्यक समन्वय र सो को कार्यान्वयनको अनगुमन गर्ने जिम्मा पनि उनैको रहनेछ । त्यसबाहेक मन्त्री खापुङले आवश्यक ठानी पेश गर्न लगाएका र स्वयं राज्यमन्त्री केसीले आवश्यक देखेका विषयमा प्रतिवेदन पेश गर्न सक्ने अधिकार राज्यमन्त्री केसीलाई दिएका छन् ।

अधिकार बाढेरै काम गरौँ भन्ने मेरो मनसाय हो : स्वास्थ्य मन्त्री खापुङ

खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा थिए । त्यसबेला स्वास्थ्य मन्त्री रहेका विरोध खतिवडाले यति धेरै अधिकार यसरी दिएका थिएनन् । तर राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा भएका खापुङले भने आफ्ना राज्यमन्त्रीलाई प्रयाप्त अधिकार उपलव्ध गराएका छन् ।

‘खासमा हामी काम गर्न आएका हौँ । राम्रो काम गर्नुपर्छ भन्ने मेरो मान्यता हो । र काम बाँडफाँड भयो भने झन् राम्रो हुन्छ भनेरै मैले राज्यमन्त्री ज्यूलाई ढिला नगरी अधिकार दिएको हुँ । अब उहाँ पनि आफ्ना दायित्व पुरा गर्न सक्रिय ढंगले लाग्नु हुनेछ । म पनि लाग्नेछु,’ उनले सम्छिप्त प्रतिक्रिया दिदै भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *