५० शैयाको अस्पतालमा १४५ जनाको दरबन्दी प्रस्ताव (दरबन्दी तेरिज सहित)

काठमाडौँ, २३ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० शैयाको अस्पतालको संगठन संरचना मस्यौदा तयार गरेको छ । मन्त्रालयले तयार गरेको मस्यौदामा २४ असार २०७९ भित्र राय सुझाव (पृष्ठपोषण) दिन सरोकारवाला तथा सर्वसाधारण समक्ष अपिल गरेको छ ।

राय सुझाव इमेल मार्फत पठाउन सकिने समेत उल्लेख गरेको छ ।

नयाँ दरबन्दी संरचनामा ११ औँ तहको मेसु र नवाँै तथा दशौँ तहका ११ जना चिकित्सक प्रस्ताव गरिएको छ । यस्तै आठौँ तहका मेडिकल अधिकृत १२ जना, डेन्टल सर्जन १ जना, कविराज चिकित्सक १ जना पनि उल्लेख गरिएको छ ।

अस्पतालमा पाँचौँ तथा छैटौ तहका स्टाफ नर्स ४० जना, मिडवाईफ ४ जना र एचए १० जना प्रस्ताव गरिएको छ । स्वीपर, सुरक्षाकर्मी र सवारी चालक समेत गरी अस्पतालमा १४५ जनाको दरबन्दी तेरिज प्रस्ताव गरिएको छ ।

हेर्नुहोस सुझावका लागि मन्त्रालयले तयार गरेको नयाँ दरबन्दी तेरिज

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “५० शैयाको अस्पतालमा १४५ जनाको दरबन्दी प्रस्ताव (दरबन्दी तेरिज सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *