बालबालिकालाई दिईने फाइजरको २३ लाख (पेडियाट्रिक)डोज खोप काठमाडौँ आइपुग्यो

88
Shares

काठमाडौँ, १९ असार । कोभ्याक्स सुविधा अन्तरगत थप २३ लाख डोज कोभिडविरुद्धको पेडियाट्रिक  खोप काठमाडौँ आइपुगेको छ ।

देशका २७ जिल्लाका ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकालाई दिनका लागि फाइजर बायोन्टेकको २२ लाख ९९ हजार २०० (पेडियाट्रिक)डोज खोप आज कतार एयरको उडानमार्फत काठमाडौँ आईपुगेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाका अनुसार यो खोप २७ जिल्लाका बालबालिकाहरुलाई दिनका लागि ल्याइएको हो ।

कोभ्याक्सले ५ देखि ११ वर्ष उमेर समुहका ३९ लाख बालबालिकालाई दुई मात्रा खोप दिनका लागि आवश्यक ठानिएको ८४ लाख डोज खोप अनुदानमा उपलव्ध गराउने जनाईसकेको छ । माइनस ७० डिग्री सम्मको तापक्रममा भण्डारण गर्नुपर्ने भएकोले नेपालले आफ्नो क्षमता अनुसार चरणवद्ध रुपमा खोप मगाउने गरेको छ ।

यसअघि कोभ्याक्स मार्फत गत ६ असारमा पनि २२ लाख डोज खोप प्राप्त गरेको थियो । सरकारले गत ९ असार देखि पहिलो चरणमा देशका २७ जिल्लाका बालबालिकाहरुलाई कोभिडविरुद्धको खोप दिन सुरु गरेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *