उपत्यकामा थप २ जनामा हैजा पुष्टि, संक्रमितको संख्या १४ पुग्यो

72
Shares

काठमाडौँ, १५ असार । काठमाडौँ उपत्यकामा थप २ जनामा हैजा संक्रमण पुष्टि भएको छ। यससँगै उपत्यकामा हैजा संक्रमितको संख्या १४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसार काठमाडौँ उपत्यकामा असार २ देखि १५ गते (आज) सम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो।

यसअघि काठमाडौंको बागबजारमा २ जना, ललितपुरको सानेपमा १ जना, थानकोटमा १ जना, नैकापमा १ जना, बल्खुमा १ जना, बालाजुमा १ जना, डिल्लीबजारमा १ जनामा हैजा भेटिएको थियो ।

हैजाबाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ। साथसाथै जनचेतनाका कामहरु पनि अघि बढाएको बताएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *