सिंहदरबार बैद्यखानाको निमित्त निर्देशकमा डा. श्यामबाबु यादव
काठमाडौँ, १४ असार । सिंहदरबार बैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी डा श्यामबाबु यादवले पाएका छन् । गत ११ असारको मन्त्रीस्तरीय निर्णयबाट डा यादवले सो जिम्मेवारी पाएका हुन् ।
उनी यसअघि टेकुस्थित आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा थिए ।
वैद्यखानाका निमित्त निर्देशक रहेका डा सबरी साहलाई आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग पठाइएको छ ।
जिम्मेवारी पाएका डा यादवले सोमबारबाट नै पदवहाली गरेका छन् ।
तत्कालिन स्वास्थ्य मन्त्री विरोध खतिवडाले आफूले मन्त्रालय छाड्दै गर्दा राष्ट्रिय ट्रमा सेन्टर र सिंहदरबार बैद्यखानाको प्रमुख परिवर्तन गरेका हुन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



