काठमाडौँमा थप २ जनामा हैजा संक्रमण पुष्टि

काठमाडौँ, ८ असार । काठमाडौँमा थप दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो ।

यसअघि काठमाडौँको बागबजारमा डेरा गरि बस्ने एकै परिवारका  दुई जना दिदी–बहिनीमा हैजा संक्रमण पुष्टि भएको थियो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले हैजा पुष्टि भएको क्षेत्र काठमाडौँको बागबजार क्षेत्रको नमूना संकलन गरिरहेको छ ।

भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका हैजा हुन्छ । सामान्यतया झाडापखालाजस्तो देखिने यो रोग केही गम्भीर प्रकृतिको हुने चिकित्सकहरू बताउँछन्।

सङ्क्रमणको असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुन सक्ने अस्पतालका निर्देशक डा मनिषा डा. रावलको भनाई छ ।

उनका अनुसार उक्त जीवाणुको सङ्क्रमण भएको केही घण्टादेखि पाँच दिनभित्र यसका लक्षणहरू देखिन्छन्।

टेकु अस्पतालका सरुवारोग विज्ञ डा. शेरबहादुर पुनका अनुसार हैजा भएका मानिसहरूलाई निरन्तर दिसा लाग्छ। उनीहरूको दिसा अधिक पातलो हुने बताइन्छ।

‘चामलको चौलानीजस्तो तरल पदार्थ मानिसको शरीरबाट निरन्तर बगिरहन्छ। त्यसो हुँदा बिरामीको शरीरलाई आवश्यक तत्त्वहरू पनि बग्छन्,’ डा. पुन भन्छन्।

त्यस्तै पटकपटक बान्ता आउने, पेट वा खुट्टाको मांसपेशी बाउँडिनेजस्ता समस्याहरू अधिकांश बिरामीमा देखिने उनले बताए।

अधिक तरल पदार्थ खेर जाने भएकाले बिरामीलाई धेरै तिर्खा समेत लाग्ने उनले बताए। त्यस्तै बिरामीहरूमा अधिक थकान र बेचैनी हुने उनको भनाइ छ।

केही मानिसमा हैजाको लक्षण नदेखिए पनि सङ्क्रमण भएको हुनसक्छ र उनीहरूको दिसामार्फत लगातार केही दिनसम्म हैजाको जीवाणु बाहिर निस्कन्छ।

‘ती व्यक्तिले सरसफाइमा ध्यान दिएनन् भने उनीहरूमार्फत हैजा अन्य मानिसहरूमा पनि फैलिन्छ,’ डा.पुनले भने।

अधिक कमजोरीका कारण केही मानिसहरू बेहोस नै हुनसक्ने उनले बताए।

हैजा संक्रमण फोहरबाट फैलने भएका कारण सरसफाईमा विशेष ध्यान दिनु पर्ने हुन्छ । पानी उमालेर खाने, बासी सडेगलेको पदार्थ नखान चिकित्सकहरुले आग्रह गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *