चौबिस घण्टामा १६ जना कोरोना संक्रमित थपिए , १४ जना संक्रमणमुक्त भए

काठमाडौँ, २ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप १६ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार ३८ जनाको पीसीआर नमुना परीक्षण गर्दा १२ जनामा र १ हजार २३० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टी भएको हो ।
त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ९५ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ९३ जना र संस्थागत आइसोलेसनमा २ जना रहेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



