यी हुन् बर्षाऋतुमा सौन्दर्य जोगाउन ब्यागमा राख्नै पर्ने पाँच चिज

बर्षाऋतुमा  दैनिकजसो कतिबेला पानी पर्छ भन्न सकिन्न । बाहिर या काममा निस्किँदा हल्काफुल्का भएपनि जोकोही युवतीले मेकअप गरेकै हुन्छन् । त्यसो त अधिकांशले सामान्य सौन्दर्यका समाग्रीहरु हरेकजसो ब्यागमा बोकेकै हुन्छन् । तर, व्युटिसियन सलिना लामिछाने भन्छिन्–मनसुनको मौसममा हरेक युवतीले ब्यागमा पाँच चिज नछुटाउनु राम्रो हुन्छ :

फेसवास :
मनसुनको मौसम गर्मी मौसम पनि हो । यो समयमा अनुहारमा पसिना उत्तिकै आउँछ । पसिनाका कारण अनुहारमा बिभिन्न समस्या निम्तिन सक्छ । यसैले बाहिर घुमेर फर्किएपछि एक पटक अनुहार सफा गर्नैपर्छ । फिल्डको काम सकेर अफिस फर्किएपछि पनि लगत्तै अनुहार धुनुहोस् । एन्टी–ब्याक्टेरियल फेसवास प्रयोग गर्नुहोला ।

वेट वाइप्स :
अफिसमा रहँदा सँधै अनुहार धुन सम्भव नहुन पनि सक्छ । यस्तो बेला वेट वाइप्सको जरुरी पर्छ । यसकारण अल्कोहलमुक्त एन्टी ब्याक्टेरियल वाइप्स ब्यागमा बोक्नुहोस् । बजारमा भिटामिन सी, एलोवेरा र गुलाव जलयुक्त वेट वाइप्स पाइन्छन् । यस्ता वेट वाइप्सले अनुहार सफा राख्नेमात्रै होइन चमक पनि दिन्छ ।

पाउडर :
मनसुनको मौसममा फाउन्डेसन प्रयोग गर्नु खासै ठीक हुँदैन । फाउन्डेसनको सट्टा पाउडर प्रयोग गर्नुहोस् । पसिना या पानीले फाउन्डेसन पखाल्दा लुक्स नै बिग्रिन सक्छ । फेसवास गरेपछि पनि हल्का पाउडर टच गरिदिए ठीक हुन्छ ।

वाटरप्रुफ आइलाइनर :
मनसुनको मौसममा लिक्विड आइलाइनर प्रयोग गर्नबाट बँच्नुहोस् । पानी र पसिनाले पग्लिएर अनुहारको चमक नै बिगारिदिन्छ । बजारमा वाटरप्रुफ गाजल या स्मज फ्रि जेल लाइनर पाइन्छ । यि प्रोडक्ट हल्का लगाउनुहोस् ।

छाता :
मनसुनको मौसममा ब्यागमा छुटाउनै नहुने सामान हो छाता । जसले तपाईं र तपाईंको मेकअपलाई सुरक्षित राख्न सघाउँछ । आफूलाई मनपर्ने बलियो छाता लिनु राम्रो हुन्छ । तपाईंको गेटअप र आँखा सुन्दर देखाउन छादा पनि सुन्दर चाहिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *