चौबिस घण्टामा थपिए १७ जना कोरोना संक्रमित, ११ जना संक्रमणमुक्त

96
Shares

काठमाडौँ, २८ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १७ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप ११ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार १९३ जनाको पीसीआर नमुना परीक्षण गर्दा ९ जनामा र ९८० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय ७ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *