आवेदन अस्विकृतमा परेका ३२ जनाले नोटरी प्रमाणित कागजात ल्याए फर्मासिस्टको लाइसेन्स परीक्षा दिन पाउने

काठमाडौँ, २६ जेठ । नेपाल फार्मेसी परिषद्ले २८ जेठमा हुने फर्मासिस्ट लाईसेन्स परीक्षाको लागि आवेदन दिएर अस्विकृत भएका ३२ जना परीक्षार्थीलाई पुन एक पटक मौका दिएको छ । परिषद्ले आवेदन अस्विकृत भएका परीक्षार्थीले नोटरी प्रमाणित कागजात २७ जेठ (भोलि)सम्ममा पेश गरे परीक्षामा सहभागी हुन पाउने बताएको छ ।

परिषद्ले कुल ८८८ जनाले आवेदन दिएका मध्ये बुधबार ३३ जनाको अस्विकृत गरेको बताएको थियो । बिहीबार प्रकाशित सूचना अनुसार १ जना परीक्षार्थी कालो सूचीमा परेको र बाँकी ३२ जनालाई नोटरी प्रमाणित कागजात पेश गरेमा परीक्षामा सहभागी हुने अवसर प्रदान गर्ने निर्णय गरेको उल्लेख छ ।

यी हुन नोटरी प्रमाणित कागजात पेश गर्नुपर्ने ३२ जना परीक्षार्थी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *