स्वास्थ्यकर्मीलाई ५० प्रतिशत कोभिड भत्ता, कोभिड बीमाको प्रिमियम तिरिदिएका छौँ : अर्थ मन्त्रालय
काठमाडौँ, २५ जेठ । स्वास्थ्यकर्मी तथा त्यस क्षेत्रमा आवद्ध कतिपय कर्मचारीले अहिले पनि कोभिडका बेलामा जोखिम उठाएर काम गरे पनि सरकारले घोषणा गरेको भत्ता नपाएको गुनासो गर्ने गरेका छन् । तर सरकारले भने त्यस बेला घोषणा गरिएका सबैले कोभिड भत्ता पाएको बताएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्भेक्षण २०७८ ७९ को प्रतिवेदनमा कोभिड १९ को पहिचान, निदान र उपचार, एम्बुलेन्स सेवा सञ्चालन, शव व्यवस्थापनमा प्रत्यक्ष रुपमा सम्लग्न चिकित्सक, स्वास्थ्यकर्मी कर्मचारी, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई ६ महिनासम्म (पुस) महिनासम्म शुरु तलवस्केलको ५० प्रतिशत जोखिम भत्ता उपलव्ध गराएको जनाएको छ ।
यस्तै सर्भेक्षणमा कोभिड १९ को उपचार रोकथाम र नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र अन्य व्यक्तिको कोरोना बीमाको दायित्व शुल्क (प्रिमियम) समेत सरकारले व्यहोरेको जनाएको छ ।
स्वास्थ्य क्षेत्रका पेशागत संगठन तथा ट्रेड युनियनहरुले अहिले पनि कोभिडका समयमा काम गर्दा आफूहरुलाई दिने भनेको भत्ता नदिएको गुनासो गर्ने गरेका छन् । अर्थ मन्त्रालयको यो प्रतिवेदन आईसकेपछि हिसाव किताव कहि कतै गोलमाल भएको हो कि भन्ने समेत आशंका जन्माएको छ ।
सम्पर्क इमेल : [email protected]