यी हुन् ५ देखि ११ वर्षका बालबालिकाहरुलाई पहिलो चरणमा कोभिडविरुद्धको खोप दिन तोकिएका २७ जिल्ला

1.3k
Shares

काठमाडौँ, २४ जेठ । सरकारले आगामी ९ असार देखि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । उक्त उमेर समूहका बालबालिकाहरुलाई कोभ्याक्स सुविधा मार्फत प्राप्त हुने फाइजर पेडियाट्रिक डोज दिन लागिएको हो ।

स्वास्थय सेवा विभागका अनुसार पहिलो चरणमा २७ जिल्ला र दोस्रो चरणमा ५० जिल्लामा खोप अभियान सञ्चालन हुँदैछ । पहिलो चरणमा परेका २७ वटा जिल्लामा पहिलो मात्रा खोप ९ देखि १५ असार सम्म सञ्चालन गर्ने र सोही समूहलाई २ देखि ८ साउनसम्म दोस्रो मात्रा खोप दिने तयारी छ । त्यसपछि मात्रै बाँकी ५० जिल्लाका बालबालिकाहरुलाई खोप सुरु गर्ने विभागको योजना छ ।

पहिलो चरणमा खोप दिईने २७ जिल्ला कुन कुन हुन् ?
विभागका अनुसार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा खोप दिने २७ जिल्लाहरु निम्न अनुसार छन् ।

प्रदेश नं १ बाट : झापा, मोरङ, सुनसरी
मधेश प्रदेशबाट : सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी
बागमती प्रदेशबाट : काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली
लुम्बिनी प्रदेशबाट : पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया
कर्णाली प्रदेशबाट : सुर्खेत
सुदूरपश्चिम प्रदेशबाट : कैलाली, कञ्चनपुर र डडेल्धुरा रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *