कर्णालीमा ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’

372
Shares

जाजरकोट, २० जेठ । कर्णाली प्रदेशका १० जिल्लामा कार्यान्वयन हुन लागेको ‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रम सञ्चालन गर्न कार्यविधि स्वीकृत भएको छ।

कर्णाली प्रदेश सरकारले उक्त कार्यविधि स्वीकृत गरेको हो। सामाजिक विकास मन्त्रालयले यो कार्यक्रम कार्यान्वयन गर्नेछ। माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन हुने मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए।

पहिलो चरणमा एक सय माध्यमिक विद्यालयमा मात्र यो कार्यक्रम सञ्चालन हुने उनले बताए। विद्यालयमा रहेका विद्यार्थीको पोषणको अवस्थादेखि अन्य कुराको नियमित कुरा समावेश गरिएको उनले बताए।

प्रदेशभरि १५ अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र १४, स्वास्थ्यचौकी ३३३, सामुदायिक स्वास्थ्य इकाइ ५५, सहरी स्वास्थ्य केन्द्र २१, गाउँ घर क्ल्लिनिक १०३५, खोप क्ल्लिनिक, आधारभूत स्वास्थ्य सेवा केन्द्र ११० र बर्थिङ सेन्टर ३१८ छन्।

त्यस्तै माइक्रोस्कोपी केन्द्र ४३, माइक्रोस्कोपी केन्द्र ४३, एआरटी केन्द्र पाँच, क्षयरोग उपचार केन्द्र ३६१ र आयुर्वेद अस्पताल÷केन्द्र १८ छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *