बुधबार थप १५ जनामा कोरोना संक्रमण, ११ जना संक्रमणमुक्त

72
Shares

 

काठमाडौँ, १८ जेठ । बुधबार देशभर थप १५ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी आज थप ११ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार ३ हजार ९२९ जनाको पीसीआर नमुना परीक्षण गर्दा १२ जनामा र ९१३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टी भएको हो ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ९८ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *