बुधबार थप १५ जनामा कोरोना संक्रमण, ११ जना संक्रमणमुक्त
काठमाडौँ, १८ जेठ । बुधबार देशभर थप १५ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी आज थप ११ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार ३ हजार ९२९ जनाको पीसीआर नमुना परीक्षण गर्दा १२ जनामा र ९१३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टी भएको हो ।
काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ६ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या ९८ रहेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]