स्यानेटरी प्याडमा भन्सार महसुल छुट : कच्चा पदार्थ आयात गर्दा ९९ प्रतिशत, तयारी आयात गर्दा ९० प्रतिशत

काठमाडौँ, १५ जेठ ।  कारले स्यानेटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट प्रदान गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक बर्ष २०७९/८० को बार्षिक बजेट प्रस्तुत गर्ने क्रममा सो घोषणा गरेका हुन् ।

उनले नेपालमा नै स्यानेटरी प्याड उत्पादन गर्ने उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा १ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने गरी ९९ प्रतिशत छुट दिने व्यवस्था मिलाएको जानकारी दिएका छन् ।

मन्त्री शर्माले यसपटकको बजेटमा सरकारी वा सार्वजनिक निकायले स्वीकृत कार्यक्रम बमोजिम वितरण गर्ने स्यानेटरी प्याड अनिवार्य रुपमा स्वदेशी उत्पादन हुनुपर्ने व्यवस्था मिलाइएको उल्लेख गरे ।

विशेषगरी विद्यालय तथा कलेजहरुले बार्षिक कार्यक्रम अन्तरगर्त स्यानेटरी प्याड खरीद गरी महिलाहरुलाई वितरण गर्ने गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *