शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रत्यारोपण सम्वन्धी विशेषज्ञ उत्पादन गर्ने प्रतिष्ठान बनाईने
काठमाडौँ, १५ जेठ । सरकारले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अंग प्रत्यारोपण सम्वन्धी विशेषज्ञ उत्पादन गर्न सक्ने सक्षम प्रतिष्ठानको रुपमा विकास गर्ने भएको छ । अर्थ मन्त्री जनादर्न शर्माले आज संसदमा पेश गरेको बजेट वक्तव्यमा केन्द्रलाई विशेषज्ञ उत्पादन गर्न सक्ने सक्षम प्रतिष्ठान बनाउने योजना भएको उल्लेख छ ।
यस्तै उनले मिर्गौला रोगीहरुको निशुल्क प्रत्यारोपणको लागि आवश्यक बजेटको व्यवस्था गरिएको समेत जानकारी दिए ।
यस्तै आगामी आर्थिक बर्षमा सबै प्रादेशिक अस्पतालमा डायालासिस सेवा उपलव्ध गराउन र डायालासिस मेसिन खरीद गर्न २० करोड रुपैयाँ छुट्याएको समेत अर्थ मन्त्री शर्माले बताए ।
यसैगरी आगामी आर्थिक बर्षको बजेटमा मिर्गौला पिडीत विपन्न नागरिकहरुलाई निशुल्क मिर्गौला प्रत्यारोपण गर्न रु १० करोड विनियोजन गरेको समेत उनले उल्लेख गरे ।
त्यसो त सरकारले मिर्गौला डायालासिस र प्रत्यारोपण सुचीकृत अस्पतालहरुमा निशुल्क गर्दै आएको छ ।
सरकारले गत चालु आवको पुरक बजेट र आगामी आर्थिक वर्षका लागि तय गरिएको बजेटमा मिर्गौला डायलासिस र प्रत्यारोपण गरेका नागरिकलाई औषधि उपचार खर्च भनेर मासिक ५ हजार रुपैयाँ दिने घोषणा गरेको छ ।
सम्पर्क इमेल : [email protected]