काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र शाह बिजयी, घोषणा पत्रमा के के थिए उनका स्वास्थ्यका एजेन्डा ?
काठमाडौँ, १३ जेठ । स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेद्धार बालेन्द्र शाह (बालेन) प्रमुख पदमा बिजयी भएका छन् । विहीबार राती सम्पन्न मतगणना अनुसार उनले ६१ हजार ७६७ मत प्राप्त गरि नगर प्रमुखमा बिजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन् । नेकपा एमालेका तर्फबाट उम्मेद्धार बनेका केशव स्थापित तेस्रो स्थानमा रहे। उनले ३८ हजार ११७ मत प्राप्त गरे ।
महानगरको उप प्रमुख पदमा भने नेकपा एमालेकी सुनिता डंगोल बिजयी भएकी छन् । उनले नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई पराजित गरेकी हुन् । डंगोलले ६८ हजार ६१२ मत ल्याउँदा श्रेष्ठले २३ हजार ८०६ मत मात्र प्राप्त गरे ।
काठमाडौँ महानगरको इतिहासमै स्वतन्त्रबाट उम्मेद्धार बनेका बालेन पहिलो व्यक्ति हुन् ।
उम्मेद्धारी दिएका बेला कतिपयले पाँच दलिए गठबन्धन सरकारको तर्फबाट साझा उम्मेद्धार बनेकी सिर्जना सिंह र पूर्व प्रमुख समेत भईसकेका एमालेका केशव स्थापितसंग प्रतिस्पर्धा गर्न बालेन सक्षम हुँदैनन् भन्ने आकलन गरेका थिए । तर उनीहरुको आँकलनलाई गलत सावित गर्दै युवा उम्मेद्धार बालेनले ईतिहास रचेका छन् ।
लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका उनले चुनाव अघि काठमाडौँका विकासका लागि आफ्ना एजेन्डा प्रस्तुत गरेका थिए । त्यसमध्ये उनले स्वास्थ्यका केही विषयलाई पनि विशेष फोकस गरेका थिए ।
उनले फोकस गरेका स्वास्थ्यका एजेण्डा यस्ता छन् ।
प्रतिवद्धताको पूर्ण पाठ भने यस्तो छ:
सम्पर्क इमेल : [email protected]