स्वास्थ्य सम्वन्धी दुईवटा अध्यादेश प्रतिनिधि सभाबाट स्वीकृत

काठमाडौँ, ६ जेठ । संघीय संसद अन्तरगत आज बसेको प्रतिनिधि सभाको बैठकले स्वास्थ्य सम्वन्धी दुईवटा अध्यादेश स्वीकृृत गरेको छ । आजैको बैठकले स्वास्थ्य बाहेकका अरु छ वटा अध्यादेश पनि स्वीकृत गरेको हो ।

स्वीकृत भएका दुईवटा स्वास्थ्य सम्बन्धी अध्यादेशहरुमा औषधि (तेस्रो संसोधन)अध्यादेश -२०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धी (पहिलो संसोधन) अध्यादेश-२०७९ रहेका छन् ।

यी दुबै अध्यादेश स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाका तर्फबाट राज्यमन्त्री भवानीप्रसाद खापुङले शुक्रबारको संसदमा स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उनको सो प्रस्तावलाई प्रतिनिधिसभाले सर्वसम्मत रुपमा स्वीकृत गरेको हो ।

शुक्रबारकै बैठकमा गृहमन्त्री बालकृष्ण खाणले बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८ सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८’ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

यस्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले ‘रेल्वे अध्यादेश २०७८’ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेकी थिईन् ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८’ र ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८’ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सबै प्रस्ताव शुक्रबारको बैठकले स्वीकृत गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *