बुधबार थपिए ६ जना कोरोना संक्रमित, ८ जना संक्रमणमुक्त

120
Shares

काठमाडौँ, ४ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज थप ८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ८५६ जनाको पीसीआर नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको हो । र ६१७ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण भएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १४७ रहेको छ । त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *