आयुर्वेद चिकित्सालय नरदेवीमा आइतबार सेवा बन्द नहुने

256
Shares

iकाठमाडौँ, १ जेठ । आयुर्वेद चिकित्सालय नरदेवीमा आइतबार पनि बहिरंगसहितका स्वास्थ्य सेवा सुचारु हुने भएको छ । सरकारले आजबाट शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

‘सेवाग्राहीको हित र स्वास्थ्यको मौलिक हकलाई मध्यनजर गर्दै आयुर्वेद चिकित्सा विकास समितिले आइतबार पनि चिकित्सालयको बहिरंग लगायतका सेवाहरु सुचारु गर्ने निर्णय गरेका छौँ । साविक बमोजिम सेवा लिनुहुन सम्पूर्ण सेवाग्राहीमा अनुरोध गर्दछौं,’ चिकित्सालयद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णयपछि कति पय अस्पतालहरुले शनिबार जस्तै विदा गरेका छन् भने कतिपयले आइतबार यसअघि जस्तै सेवा सुचारु गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *